हुम्लामा कोरोनाकाे शंकापछि कर्णाली प्रतिष्ठानले चिकित्सक टोली खटायोे

  फागुन २१, २०७६

खलङ्गा, २१ फागुन : कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।

हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्भने सूचना पाएपछि चिकित्सकीय टोली खटाईएको निर्देशक रावलले थप्नुभयो । उहाँका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली खटाईएको छ । टोली आजै जुम्लाबाट हिड्ने र त्यहाँ पुगेपछि वास्तविक अवस्थावारे जानकारी दिने तथा उपचार गर्ने गोरखापत्र अनलाइनले जनाएको छ ।

चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक लामा थरका व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि प्रतिष्ठानले त्यहाँ चिकित्सक टोली खटाएको हो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र सामाजिक विकास कार्यालय कोरोना रोकथामका लागि सचेतना कार्यक्रम सँगै सक्रिय भएका छन् । प्रतिष्ठानमा एक बृहत जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेर कोरोना र्भाइरस के हो ? यसको रोकथाम र सुरक्षाको अवस्था देखी विश्व व्यापी अवस्थाको वारे जानकारी गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले कोरोनाको बारेमा जानकारी दिनुभयो ।

कोराना रोगथाम र जनचेतना डेक्स राख्न निर्देशन

यसैगरी कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ । कोरोना भाईरस सम्वन्धी अन्तरक्रियामा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान पुगेर रोगथामनै महत्वपूर्ण भएकाले भिन्नै डेक्स राखेर अनुसन्धान थाल्न निर्देशन दिनुभएको छ ।

उहाँले कर्णालीमा स्वास्थ्यमा केही समस्या आईलागे प्रतिष्ठानको आशा हुने भएकाले जनचेतना, व्यवस्थापन र रोगथाममा जोड दिन निर्देशन गर्नुभएको हो । उहाँले प्रतिष्ठानको उद्देश्य उपचार र उच्च शिक्षा मात्रै नभई अनुसन्धान पाटोर्लाई जोड दिन आवश्यक रहेको बताउनुभयो । कोरोनाको वारेमा सवै जिल्ला स्वास्थ्यकर्मीहरु र सरोकारवाहरुको उपस्थिति गराई ठोस योजनामा अघि बढ्न उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया