जिप दुुर्घटनामा तीनको मृत्युु, चार गम्भिर

  फागुन २१, २०७६

सुर्खेत, २१ फागुुन : सुुर्खेतमा यात्रुुबाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको गोरखापत्र अनलाइनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् । उनीहरुको उपचारका लागि वीरेन्द्रनगर ल्याएको प्रहरीले जनाएको छ । जिपमा सात जना सवार रहेका थिए । कार्यालयका डिएसपी रवी रावलले जिप सडकबाट करिब चारसय मिटर तल खसेको जानकारी दिनुुभयो । जिप अनियन्त्रित भइ दुुर्घना भएको उहाँले बताउनुुभयो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया