आफ्नो स्वास्थ्यबारे ढुक्क रहन प्रधानमन्त्री ओलीको आग्रह

  फागुन १९, २०७६

काठमडौंमा, १९ फागनु : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आजैबाट उपचारको लागि अस्पताल जान लागेको बताउँदै स्वास्थ्यबारे ढुक्क रहन सबैलाई आग्रह गर्नु भएको छ ।

सोमबार साँझ जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो अनुस्पस्थितमा आइपर्ने काम गर्न आवश्यक संयन्त्रको व्यबस्था गरिएको उल्लेख गर्दै आफू समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न केही दिनको अस्पताल बसाइ र आराम पछि पुनः थप उर्जाका साथ काममा फर्कने बताउनुभयो ।

सन्देशमा प्रधानमन्त्रीले भन्नु भएको छ, “मेरो अस्पतालको बसाइमा सिङ्गो पार्टी सरकार र संसद र लाखौं कार्यकर्ताहरू क्रियाशील भएर काम गर्ने मा म विश्वस्थ छु । मेरा शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने सबै मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

विश्वलाई नै पिरोलेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या लगायत वा अन्य भइपरी आउने समस्यामा निर्णय लिनका लागि संयन्त्र वा व्यबस्था मिलाएकोले सबैलाई ढुक्क रहन आग्रह गर्नु भएको गोरखापत्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया