चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए

  फागुन १७, २०७६

एथेन्स, १७ फागुन : ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको हो ।

सिरियामा हिंसात्मक गतिविधि बढ्न थालेपछि टर्की हुँदै युरोप प्रवेश गर्ने अधिकांश सिरियाली विद्रोही रहेका अनुमानहरू गरिएका छन् । “संगठित, सामूहिक तथा गैरकानूनी रूपमा हाम्रा सीमा क्षेत्रमा आक्रमण बढाएको र अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ आरोपमा “ग्रीसले शुक्रबारदेखि सीमालाई बन्द गरेको छ,” सरकारका प्रवक्ता स्टेलियस पेट्सासले प्रधानमन्त्रीसँग शनिबार भएको आकस्मिक बैठकमा भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीलाई बताउनुभयो, “हामीले ग्रीसको सीमा क्षेत्रमा करिब चार हजारभन्दा बढी आप्रबासीलाई गैरकानूनी रूपमा प्रवेश गर्नबाट रोक लगाएका छौँ ।” ग्रीसले सीमालाई कडाइ गरेपछि सीमाक्षेत्रमा ग्रीक प्रहरी र आप्रबासी तथा शरणार्थीबीच शनिबार झडपहरू भएको बताइएको छ । सिरियाको इदलिब प्रान्तमा रूसको सहयोगप्राप्त सिरियाली सेना र टर्कीको सेनाबीच द्वन्द्व बढेपछि सिरिया छोडी यूरोप प्रवेश गर्न खोज्न आप्रबासीको सङ्ख्या ह्वात्तै बढेको छ ।

तपाईको प्रतिक्रिया