कोरोनाको त्रासः जापानका विद्यालयमा छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

  फागुन १७, २०७६

टोकियो, १७ फागुन : प्राणघातक कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालय बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रम बन्द गरिएको छ भने मानिस जमघट हुने ठूला कार्यक्रममा रोक लगाइएको छ ।

कोरोना संक्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उपसहारा क्षेत्रमा कोरोना संक्रमित व्यक्ति देखिएका छन् ।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालय बन्द हुँदा त्यसबाट झण्डै एक करोड ३० लाख बालबालिका घरमै बस्नु पर्नेछ । जापानमा आयोजना हुने गरी पूर्व तयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रम रद्द भइसकेका छन् । टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुबै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ ।

गत डिसेम्बरबाट चीनको उहानहुँदै फैलिएको कोविड१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) एसियाली मुलुकहरूका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाई गरेको छ र मध्यपूर्वमा एक सयभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

इटालीमा कोरोनाको संक्रमण बढेसँगै कतिपय गाउँ शहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ । अफ्रिकी मुलुक नाइजेरियासमेतमा शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाबाट संक्रमित भएका व्यक्तिको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ । तर दक्षिण कोरियामा पनि कोरोना संक्रमितको संख्या दुई हजार नाघिसकेको छ । अरु केही मुलुकमा पनि संक्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरूको संख्या निरन्तर बढेको छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

अमेरिकी रक ब्यान्ड ग्रीन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको भने जापानमा हुनलागेको अमेरिकी अर्केस्ट्रा कार्यक्रम पनि रद्द भएको छ । हङकङ र शांघाईमा रहेका डिज्ने पार्क पनि बन्द गरिएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका छन् तर प्रधानमं।ढटन्त्रीको आदेश अघि नै केही विद्यालय बन्द भइसकेका छन् ।

तपाईको प्रतिक्रिया