इरानमा कोभिड–१९को सङ्क्रमणबाट २६ जनाको मृत्यु

  फागुन १५, २०७६

तेहरान, १५ फागुन : इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कूल २६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इस्लामिक उक्त मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २४५ पुगेको पनि मन्त्रालयले बताएको छ ।

मन्त्रालयका जनसम्पर्क प्रमुख किएनुस जाहानपुरले सङ्क्रमितमध्ये बिहीबार तीन जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको बताउनुभयो । उहाँले सङ्क्रमित नागरिकको सङ्ख्या बढ्न थालेपछि उक्त भाइरसको परीक्षण गर्ने ल्याब तथा स्वास्थ्य केन्द्रहरू पनि बढाइएको बताउनुभयो ।

इरानमा पहिलो सङ्क्रमित विरामी मध्य कोम सहरमा फेब्रुअरीमा भेटिएको इरानी अधिकारीले घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया