पानीले इँटामा १५ करोडको क्षति

  फागुन १५, २०७६

चितवन, १५ फागुन : तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्यांक आइनसकेको भए पनि अनुमानित १५ करोड बराबरको क्षति भएको उनले जानकारी दिए । अहिलेको वर्र्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।

तपाईको प्रतिक्रिया