अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

  फागुन १२, २०७६

अहमदाबाद, भारत, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ ।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुनेछ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्पसमेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहनु भएको छ ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा जानु भएको छ । त्यसपछि उहाँहरु क्रिकेट रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

तपाईको प्रतिक्रिया