मलेसिया, १२ फागुन : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२०’ मा परिसा रानाभाट र परिन्दा श्रेष्ठ (परी) छनोट भएका छन्। परिसाले मिसतर्फ तथा परिन्दाले मिसेसतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्।
हेरिटेज पेजेन्टसका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले हालै दुवै प्रतियोगीको नाम सार्वजनिक गरेको हो। पूर्वप्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदिति श्रेष्ठ मिसेस मञ्जु ढकाललगायतको उपस्थितिमा ग्रिन आर्ट मिडियाले दुवै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस् नेपाल २०२०’ को क्राउन समेत लगाइदिएको थियो।
अडिसनमा प्रतियोगीहरु विवाहित र अविवाहित गरी दुई सयभन्दा बढीको सहभागीता थियो। ‘हेरिटेज पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुँदैछ। नेपाललगायत विश्वका ६० मुलुकका प्रतिस्पर्धीहरू प्रतियोगितामा सहभागी छन्।
प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले इप्लानेट प्रालिले आयोजना गर्दै आएको हो।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो। पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हुँदै अहिले मलेसियामा आयोजना हुन लागेको हो।