काश्मिर सडक दुर्घटनामा नौको मृत्यु, पाँच घाइते

  फागुन ११, २०७६

नयाँ दिल्ली, ११ फागुन : भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । काश्मिरको कथौँ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएकामध्ये केही महिला र बालबालिका रहेका छन् ।

दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया