राष्ट्रिय मावि र जनप्रियलाई उपाधि

  फागुन १०, २०७६

कास्की, १० फागुन : पोखरामा सञ्चालन भएको सामुदायिक विद्यालयस्तरीय ‘सृजना कप छात्र÷छात्रा’ भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ राष्ट्रिय माध्यमिक विद्यालय र छात्रातर्फ जनप्रिय माध्यमिक विद्यालयले जितेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा छात्रतर्फ विजेता बनेको राष्ट्रिय माविले बाराही माविलाई २८–२६, २५–२०, २१–२५, २५–२२ र १६–१४ अंकमा पराजित गरी उपाधिसहित रु ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेता बाराहीले रु ३० हजार पुरस्कार प्राप्त ग¥यो ।

छात्रातर्फ जनप्रियले तालबाराही माध्यमिक विद्यालयलाई २५–१८, २५–७ र २५–१६ अंकको सोझो सेटमा पराजित गर्न सफल भई रु ५० पुरस्कार प्राप्त गर्न सफल भएको हो । उपविजेता बनेको तालबाराहीले रु ३० हजार पुरस्कार पायो । प्रतियोगितामा तृतीय स्थान हासिल गरेका छात्रतर्फ मेऋम बराह माध्यमिक विद्यालय तथा छात्रातर्फ राष्ट्रिय माध्यमिक विद्यालयले समान रु १५ हजार पुरस्कार पाए ।

राष्ट्रिय माध्यमिक विद्यालयका दिनेश सुनार छात्रतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । छात्रातर्फ जनप्रिय माध्यमिक विद्यालयका तेलिना छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

छात्र÷छात्रा दुवैतर्फ उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर तथा सर्भरलाई पुरस्कार प्रदान गरिएको थियो । सामुदायिक विद्यालयमा खेलकूदको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा यही फागुन ७ गतेदेखि प्रतियोगिता शुरु भएको थियो ।

प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका छात्रतर्फ २७ र छात्रातर्फ १५ गरी कूल ४२ टोलीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया