पोखरामा ‘क्यान इन्फोटेक’ मेला

  फागुन १०, २०७६

पोखरा, १० फागुन : नवीनतम् प्रविधिका विविध पक्षलाई प्रस्तुत गर्ने लक्ष्यका साथ पोखरामा ‘क्यान इन्फोटेक’ मेला हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले पोखराको नयाँ बजारस्थित पदर्शनी केन्द्रमा भोलिबाट शुरु गर्ने पाँचदिने मेलामा नवीनतम प्रविधिका विविध पक्षलाई एउटै थलोमा प्रस्तुत गर्न लागिएको हो ।

स्मार्टसिटीको नारा देशका विभिन्न स्थानमा अघि बढाइएको वर्तमान अवस्थामा पोखरा महानगरपालिकालाई पनि स्मार्टसिटी बनाउने विषय राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा समेत समेटिएको थियो । स्मार्टसिटीको अवधारणासँगै प्रत्येक्ष सरोकार राख्ने सूचना प्रविधिको विकास र प्रवद्र्धनका बिभिन्न आयामलाई समेट्दै गर्न लागिएको क्यान इन्फोटेक मेला बहुपयोगी बन्ने क्यान कास्कीका अध्यक्ष रुक्मांगत भण्डारी (विश्वास) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सूचना र प्रविधिको पहुँच सर्वसाधारणसम्म पु¥याउनुका साथै शिक्षित बेरोजगारलाई लक्षित आइसिटी क्षेत्रमा रोजगारी फाराम भरी हेल्पडेक्स, ग्राफिक्स डिजाइन तथा हाडवेयर एण्ड नेटवर्कसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरी रोजगारीको व्यवस्था गरिनेछ ।

पोखराको बजारमा अहिले पनि प्राविधिक कर्मचारीहरूको अभाव रहेको कारणले मेलामा यो अभियान अघि बढाइएको बताउँदै उहाँले आवेदकलाई निःशुल्क तालिम प्रदान गर्न महासंघमा आबद्ध विभिन्न १९० व्यावसायिक संस्थामा सिफारिस गरिने व्यवस्था गरिएको छ ।

संस्थाले विगतमा आयोजना गरेको मेलामा फारम भरेका ५७ गृहणी र अशक्तलाई तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष भण्डारीले त्यसबाट व्यवहारिक ज्ञानसमेत आर्जन गरेका ४५ जनालाई रोजगारको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अत्याधुनिक प्रविधि प्रयोगबाट मात्र समद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि कृषि, स्वास्थ्य, शिक्षालगायका विभिन्न क्षेत्रमा सूचना र प्रविधिको विकास अपरिहार्य भएकोमा जोड दिनुभयो । गण्डकी प्रदेशस्तरीय ‘प्रमु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएशन विथ वल्र्डलिंक’ नाम दिइएको मेला वृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्पे्रmन्स, प्रदेश तथा जिल्लास्तरका टाइपिङ प्रतियोगिता, आइसिटी व्यक्तित्व प्रतियोगता, विद्यालयस्तरीय हाजिरीजवाफ, आइसिटी रोजगारी फारम वितरण तथा प्रदर्शनी एवं प्रतियोगता तथा कम्प्युटर र ल्यापटकको निःशुल्क मर्मत सेवा गरिने प्रचारप्रसार संयोजक सेवक क्षितिजले जानकारी दिनुभयो ।

मेलामा स्थानीयस्तरका उत्पादन एवं रोबोट प्रदर्शनी तथा प्रतियोगिता, मोबाइल गेमिङ, बैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी र नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी बिक्री वितरण गरिने उहाँको भनाइ छ । संस्थाका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले मेलाले युवा तथा विद्यार्थी वर्गलाई विश्व तथा मुलुकको विज्ञान, सूचना र प्रविधिका क्षेत्रमा भए गरेका उपलब्धिका बारेमा जानकारी दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा विसं २०२८ मा निजी क्षेत्रको पहलमा पहिलोपटक नवीनतम प्रविधि भित्रिएसँगै मुलुक सूचना, प्रविधिको विकासमा अघि बढेको क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो । सर्वसाधारणलाई नवीनतम सूचना प्रविधिका बारेमा जानकारी दिनुका साथै प्रयोगमा समेत सहयोग पु¥याउन मेला महोत्सवको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले संस्थाले सात प्रदेशसँगै जिल्लास्थित मेलाको आयोजना गर्दै आएको बताउनुभयो ।

गण्डकी प्रदेशस्तरीय मेलामा १०० आइसिटीसँग सम्बन्धित व्यापारिककक्ष रहनेछन् भने रु ३५ लाख आम्दानी र ३० खर्च हुने बचेको रु पाँच लाख सूचना तथा प्रविधिको विकास एवं सामाजिक क्षेत्रमा लगानी गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया