‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’

  फागुन १०, २०७६

काठमाडौँ, १० फागुन : सन् २००० मा संयुक्त राष्ट्रसंले ‘अन्तरराष्ट्रिय मातृभाषा दिवस’को रुपमा मनाउने घोषणा गरेपछि विश्वभर यो दिवस मनाइदै आएको छ । बंगलादेशमा भने प्रत्येक वर्ष आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।

सो दिवसको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले काठमाडौँमा ‘रािष्ट्रय मातृभाषा महोत्सव’को आयोजना गर्यो । राष्ट्रिय गीतका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले आफ्नो मातृभाषाको कविता वाचन गरेपछि कार्यक्रम शुरु भयो । महोत्सवमा विभिन्न मातृभाषाका ६५ कविता प्रस्तुत गरियो ।

संस्कृत, बाम्बुले राई, अवधि, अठार मगर खाम, आठपहरिया, उर्दू, उराँव, काइके मगर, किसान, कुमाल कुलुङ, केवरत, खस, खालिङ, गुरुङ, घले, जिरेल, चाम्लिङराई, छन्त्याल, डंगौरा थारु, डोड्याली, ढुट मगर ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थुलुङ, दनुवार, दुमी भाषामा कविले विभिन्न खाले कविता प्रस्तुत गरे ।

यस्तै दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, पुमा राई, पूर्वी थारु, बज्जिका, बान्ताना राई, बाहिङ, बुड्लावा राई, ब्याँसी, भोजपुरी, मगही, माझी, मुगाल, मेवाहाङ, मैथली, याक्खा, राजवंशी, राना थारु, वाम्बुले राई, लिम्बू, लोवा, शेर्पा भाषाका कविता वाचन गरियो ।

विभिन्न जातजातिले आफ्नो सांस्कृतिक पहिचानसहितको झाँकी, नृत्य तथा गीत प्रस्तुत गरे । कार्यक्रमको उद्घाटन सत्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल भाषा, कला संस्कृतिले समृद्ध देश भएको बताए । उनले पूर्खाले बसालेको एकताको जगलाई जोगाइ राख्न नयाँ पुस्ताले थप मेहनत गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फरक भाषा र फरक धर्म मानेको भरमा कसैले कसैलाई विभेद् गर्न पाइँदैन ।’उनले भाषा, कला, संस्कृतिसँग सम्बन्धित कार्यक्रमलाई राजधानीमा मात्र केन्द्रीत नगरी देशंैभर सञ्चालन गर्न सुझाव दिए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतिले नेपाल भूगोलमा सानो भए पनि भाषा र संस्कृतिका हिसाबले समृद्ध भएको बताए । ‘एकले अर्को भाषा, संस्कृतिलाई स्वीकार गर्न मद्दत मिलोस् भन्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने, ‘सरकारले अघि सारेको समृद्धिको नारालाई साकार रुप दिन भाषा, कला र संस्कृतिको महत्वपूर्ण योगदान रहन्छ ।’ नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले मातृभाषाको प्रयोगको महत्वलाई उजार गर्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले मातृभाषा संकटमा परिहेको बताउँदै मातृभाषामा विद्यार्थीको सिकाइ कमजोर बन्दै गइरहेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषालाई छोडेर अन्य भाषाको सिकाइ र प्रयोगमा ध्यान दिँदा मातृभाषा प्रयोग गर्ने घट्दै गइरहेको बताए । प्राज्ञ परिषद् सदस्य तथा कार्यक्रम संयोजक लक्ष्मी मालीले मातृभाषाकै प्रयोगका कारण विगतमा कतिपय व्यक्तिले दमन सहनु परेको स्मरण गर्दै मातृभाषा साहित्यको विकासका लागि पर्याप्त खोज, अनुसन्धान गर्नुपर्ने बताए ।

मातृभाषा विभागका प्रमुख योगेन्द्र यादवले बसाइँसराइका कारण पनि मातृभाषा लोप हुँदै गएको जिकिर गर्दै मातृभाषाको प्रयोगमा ‘जागरण’ ल्याउनुपर्ने धारणा राखे । नेपाल ललितकला–प्रज्ञाप्रतिष्ठानका कुलपति के के कर्माचार्यले भाषा संस्कृतिको संरक्षणका लागि कानूनमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा लागू हुन नसकेको बताए । प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमम्बुले मातृभाषाको संरक्षण र संवद्र्धन गर्न प्रदेश र स्थानीय सरकारले समेत विशेष ध्यान पु¥याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया