‘आमा र सेन्टी भाइरस’ मल्टिप्लेक्समा

  फागुन १०, २०७६

काठमाण्डौं, १० फागुन : शुक्रबारदेखि रिलिज भएकाे दुई नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’को देशभरका मल्टिप्लेक्समा चलिरहेकाे छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ले काठमाण्डौका मल्टिप्लेक्समा राम्रो शोज पाएको छ भने काठमाण्डौ बाहिर यसको शोज केही कम छ ।
चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने ‘आमा’मा मिथिला र सुरक्षाका अलावा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । ‘पशुपति प्रसाद’ जस्तो व्यावसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र दिएका दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्य कारुणिक लाग्छ । 

समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंक यो फिल्ममा छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुंगले केहि भिन्न परिवेशमा यो फिल्म निर्देशन गरेका छन् । 

ट्रेलरबाट निकै नै राम्रो प्रतिक्रिया पाएका कारण पनि यो चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्मात्री शर्मिला पाण्डेको छ । चलचित्रको बुकिङ खुलेसँगै हलमा दर्शकको चाप सुखद हुने देखिएको छ ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले देशभरका हलमा २३ शोज दिएको छ । यस्तै, रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘सेन्टी भाइरस’ले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । चलचित्रलाई काठमाण्डौ भित्र र बाहिर नै मल्टिप्लेक्सले उच्च शोज दिएका छन् ।

सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले अभिनय गरेको चलचित्रले पाएको शोज अनुसार दर्शकको चाप पनि उच्च बनाउन सकेको खण्डमा आक्रामक ओपनिङ गर्न सक्छ । चलचित्रलाई क्यूएफएक्सको देशभरका चेनमा ५० शोज मिलेको छ ।

तपाईको प्रतिक्रिया