सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

  फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

तपाईको प्रतिक्रिया