सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : निधि

  फागुन ०४, २०७६

बलेवा, ४ फागुन : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार संघीयताको सिद्धान्त र भावना अनुरूप चल्न नसकेको बताउनुभयो ।

“प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,” उपसभापति निधिले भन्नुभयो । पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया