हुबेई, ३ फागुन : चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा शुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० श्यया रहेका छन् ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित पाँच हजार ६०६ जनाको उपचार भइरहेको छ ।
उहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु शुरु भएको जानकारी दिनुभएको हो ।
अस्थायी अस्पतालमा सेवा शुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन् । रोगको प्रकोप न्यूनीकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिरामीहरुले राम्रो उपचार सेवा पाइरहेको बताएका छन् भने कतिपय बिरामीहरु उपचारपछि घर फर्किएका छन् ।