एक हजार ७१६ चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण

  फागुन ०३, २०७६

बेइजिङ, २ फागुन : चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार जानकारी गराएको छ । यो संख्या कोभिड–१९ को संक्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, “संक्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या कूल मृतक संख्याको ०.४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

कोभिड–१९बाट संक्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी संक्रमित रहेका उप–निर्देशक चेनले बताउनुभयो ।

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता
नयाँ दिल्ली, २ फागुन (रासस÷एएनआई) ः प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच भएका सम्झौताको आदानप्रदान समारोहमा उपस्थिति हुनुभएको थियो । नानो बायोटेक्नोलजी, उच्च शिक्षा लगायतका क्षेत्रहरुमा मार्सेलोको भ्रमणको क्रममा भारत र पोर्चगलबीच कम्तिमा सात सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने अन्य केही सम्झौताहरूको पनि आदानप्रदान भएको छ ।

मार्सेलो चार दिन लामो भ्रमणमा बिहीबार भारत आउनुभएको हो । उहाँसँगै वैदेशिक मामिला मन्त्री प्राध्यापक अगस्टो सान्टोस सिल्भा, प्राध्यापक युरोको ब्रिल्हन्टे डायस र र जोर्ज सेगुरो सान्चे पनि भ्रमण दलमा रहनुभएको छ ।

यस भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूको समीक्षा गर्ने, सहयोगका नयाँ पक्षहरू अवलम्बन गर्ने र आधिकारिक विज्ञप्तिमा साझा चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया