कर्णाली प्रदेश सरकार–महासंघ समझदारी

  फागुन ०२, २०७६

सुर्खेत, २ फागुन : कर्णाली प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी तथा महासंघका अध्यक्ष भवानी राणाले बिहीबार यहाँ आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले बजेटको व्यवस्था गर्नुका साथै कार्यक्रमको अनुगमन, निरीक्षण र मूल्यांकन गर्नेछ भने महासंघले कार्यक्रम कार्यान्वयन गर्ने, माग भएका कार्यक्रमलाई मन्त्रालयसमक्ष पु¥याउन सहजीकरण गर्ने, लगानीकर्ताको छनोट र प्राविधिक सहयोग गर्ने उल्लेख छ । सो अवसरमा सचिव भारीले प्रदेश सरकारले कृषि विकास, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।

यसैबीच, अध्यक्ष राणाले कर्णालीमा सम्भावनाको खानी हुँदाहँुदै पनि विकास हुन नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले बिहीबार ३५ लाख २९ हजार लागतमा सम्पन्न भएको महासंघको प्रदेश भवनको उद्घाटन गर्दै भन्नुभयो, “कर्णालीको विकास निजी क्षेत्रको उत्साहजनक सहभागिताबिना सम्भव छैन ।” महासंघका केन्द्रीय कोषाध्यक्ष निरक केसीले पूर्वाधार विकासका लागि आफूहरु सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया