अध्यक्ष तिमिल्सिना र क्यानाडाका सभामुखबीच भेट

  माघ २७, २०७६

काठमाडौं, २७ माघ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता भएको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले आज सिंहरबारमा उहाँसँग भेटवार्ता गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्यलगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले यस किसिमको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पु¥याउने बताउनुभयो । “दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो”, उहाँले भन्नुभयो, “म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणको निरन्तरता हुनेछ ।” उहाँले दुवै देशका संसद्मा संसदीय मैत्री समूह गठन भएकामा खुशी व्यक्त गर्दै संसद् मैत्री समूहले दुई देशका संसद्बीचको सम्बन्धलाई प्रवद्र्धधन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धि र प्राथमिकताका विषययमा क्यानाडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुुभयो ।

भेटका क्रममा सभामुख फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताउनुभयो । उहाँले नेपाल एकात्मक राज्य प्रणालीबाट सङ्घीय राज्य भएको उल्लेख गर्दै यसका चुनौतीबारे क्यानाडा जानकार रहेको बताउनुभयो । क्यानाडा पनि सङ्घीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सभामुख फ्युरी नेतृत्वको टोलीले आजै राष्ट्रियसभा बैठकको अवलोकन तथा नेपाल––(क्यानडा संसदीय मैत्री समूहबीच अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ । यसैगरी टोली मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्किने बताइएको छ ।

तपाईको प्रतिक्रिया