‘थाई सैनिक’को आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

  माघ २५, २०७६

बैंकक, माघ २५ : थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गोली चलाउँदै व्यापारिक भवनमा छिरेको र त्यहाँ एउटा आफ्नो तस्बिर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया