नेपालले चीनलाई एक लाख मास्क दिने

  माघ २३, २०७६

काठमाडौं, २३ माघ : बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्र सचिव शंकरदास वैरागी सहित बसेको बैठकमा चिनलाई मास्क सहयोग गर्ने निर्णय भएको छ ।

१ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय सो बैठकले गरेको हो । कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले पछिल्लो समय चीनमा मास्कको माग अत्याधिक छ । सोही मागलाई पूरा गर्न नेपालले उत्तरी छिमेकीलाई मास्क सहयोग गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया