रनवेमा जहाज चिफ्लिएर ३ टुक्रा भयो, १ को मृत्यु, १५० बढी घाइते

  माघ २३, २०७६

काठमाडौं, २३ माघ : टर्कीको इस्तानबुलमा एक यात्रुवाहक विमान एयरपोर्टमा अवतरण गर्दा चिप्लीदा तिन टुक्रा भएको छ । सो पश्चात जहाजको पछाडी भागमा आगो लागेको थियो । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन् । बोईङ ७३७ को उक्त जहाज हावाहुरी र पानीका बिच अवतरणको प्रयास गरिरहेको थियो ।


जहाजमा १७१ यात्रु समेत ६ क्रु मेम्बर थिए । स्रोतका अनुसार जहाज इजमिर शहरवाट उडेको थियो र सबिहा गोजेन एयरपोर्टमा अवतरण गर्ने बेला दुर्घटनाको शिकार भएको हो । त्यस लगत्तै आएको इमरजेन्सी टीमले आगो निभाएका थिए । दुर्घटनापछि एयरपोर्ट बन्द गरिएको छ र अन्य उडान डाईभर्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया