उद्योग मन्त्रीद्वारा फलाम खानी क्षेत्र अवलोकन

  माघ २२, २०७६

नवलपरासी, २२ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मंगलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ ।

सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादन कार्य सुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

टोलीमा मन्त्रालयका सचिव यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया