गृह सचिवमा महेश्वर न्यौपाने

  माघ २१, २०७६

२१ माघ, काठमाडौं । सरकारले नयाँ गृह सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव रिक्त भएको थियो।

मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग आयोगका सचिव न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश एक नं. १ का प्रमुख सचिव सुरेश अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

तपाईको प्रतिक्रिया