सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

  माघ १९, २०७६

इटहरी, माघ १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका छन् ।

पोखराबाट पूर्व तर्फ आउदै गरेको ना६ख ७९५ नम्बरको यात्रुवाहक वस र झापाको चन्द्रगडीबाट काठमाडौ जादै गरेको बा ५ख ३१५७ नम्बरको हायस एक आपसमा ठोकीदा चार जनाको मृत्यु भएको हो । बिहानको समयमा अत्याधिक हुस्सु लागेको तथा तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खड्का, झापाको भद्रपुरका हेमराज कोइराई, उनकी श्रीमती डोलमाया कोइरालाको दुर्घटना स्थलमै र भक्तपुरकी गरिमा गौतमको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीमा रहेको एपेक्स अस्पतालमा उपचार भइ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया