ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते

  माघ १९, २०७६

माघ १९, काठमाडौँ  । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका छन् । आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।

उक्त कवाडी गोदाममा ठूलो संख्यामा म्याद सकिएका बडी स्प्रेहरु रहेको र त्यही लिक भएर पड्किँदा आगलागी भएको प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया