पर्यटन बोर्डका सिइओको पदबहाली

  माघ १६, २०७६

काठमाडौं, १६ माघ : नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पदबहाली गर्नुभएको छ । बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी सम्हाल्नुभएको हो ।

पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देििसइओने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेसिइओ गर्नुभयो । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो ।

सिईओको कार्यकाल चार वर्ष हुनेछ । बोर्डको पदबहालीपछि छिट्टै बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सिईओसँग कार्यसम्पादन करार सम्झौता गर्नुहुने बोर्ड सचिवालयका सदस्य केबी शाहले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष हुनुहुन्छ । उहाँ हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया