नेप्सेमा २० अङ्कको वृद्धि

  माघ १६, २०७६

काठमाडौं, १६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक असबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो । यस्तै प्राइम लाइफ सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया