क्रिकेटर क्रिस गेल, क्रिकेट खेल्न नेपाल आउदै

  माघ १६, २०७६

काठमाडौं, १६ माघ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन्। क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले बिहीबार सार्वजनिक गरेको छ।

टी-२० क्रिकेटका ‘युनिभर्सल बोस’ को उपमा पाएका गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्न आउन लागेका हुन्। उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया