प्रहरीद्धारा कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जुवाडे सार्वजनिक

  माघ १३, २०७६

१३ माघ, धनगढी । कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जना जुवाडेलाई प्रहरीले आज सार्वजनिक गरिएको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष २८ बर्षीय रबिन्द्र शाही समेत कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ का जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का, बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी

यस्तै धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्ना लाई पक्राउ गरिएको हो । आज विज्ञप्ती मार्फत सार्वजनिक गरेको प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथ प्रहरीले २२ लाख ८२ हजार नगद सहित पक्राउ गरेको जनाएको छ ।
उनले पक्राउ परेका १६ जनामाथि जुवा कसुर अन्तरगत कारवाही हुने भएको छ । उक्त ऐनमा पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया