पुरुष भलिबलको उपाधि हेल्प नेपाललाई

  माघ ११, २०७६

काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब च्याम्पियनशिपअन्तर्गत पुरुष भलिबलको उपाधि हेल्प नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको पुरुषतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० सेटले हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।

हेल्प नेपालले उक्त खेल २५–१७, २५–१४ र २५–२१ अङ्कले जीतको हो । हेल्प नेपालले तीन भारतीय खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको थियो । तिनै भारतीय खेलाडीको एपिएफसितको खेलमा दबदबा थियो । हेल्प नेपालले उपाधिसँगै दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेल आर्मीले पुलिस क्लबलाई ३–० सेटले पराजित गर्दै ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो ।

अमित र प्रतिभा सर्वोत्कृष्ट खेलाडी
हेल्प नेपालका अमित कुमार र न्यू डायमन्ड स्पोर्टस क्लबकी प्रतिभा माली पाँचौँ आरबिबी एनभिए क्लब भलिबल च्याम्पियनशिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै जनाले जनही २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतिभा उत्कृष्ट सर्भरसमेत भइन् । महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै विनिता बुढाथोकी उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, न्यू डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।

यस्तै पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, हेल्प नेपालकै विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबरो, एपिएफकै विजय थापा उत्कृष्ट सर्भर तथा हेल्प नेपालका स्वम्भीराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित गरिएको आयोजक नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उत्कृष्टले जनही १० हजार पुरस्कार प्राप्त गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा माघ ३ देखि शुभएको प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया