महिला भलिबलमा एपिएफ च्याम्पियन

  माघ ११, २०७६

काठमाडौं, १० माघ : पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले २५–२३, २५–२१, २३–२५ र २५–१८ अङ्कका साथ एपीएफले लगातार दोस्रो वर्ष उपाधि चुमेको हो । जीतसँगै उसले दुई लाख पुरस्कार प्राप्त गरेको छ । स्पाइकर प्रतिभा माली चोटील बनेपछि न्यु डायमण्डको अवस्था कमजोर बनेको थियो ।

घुँडामा चोट लागेपछि प्रतिभालाई उपचारका लागि अस्पताल लैजानु परेको थियो । उपविजेता न्यु डायमण्डले एक लाख पुरस्कार पायो । सो स्पर्धामा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो भयो ।

तपाईको प्रतिक्रिया