अमेरिकामा बेरोजगारको संख्या दुई लाख ११ हजारले बढ्यो

  माघ १०, २०७६

वासिङटन, १० माघ : संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको सङख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको स्ख्या दुई लाख ११ हजार पुगेको छ ।

यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको सङ्ख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याङ्क विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले एक लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् ।

यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करीब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ । (रासस÷सिन्ह्वा)

तपाईको प्रतिक्रिया