हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

  माघ १०, २०७६

काठमाडौँ, १० माघ : युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ ।

जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् ।

उहाँ जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित हुनुहुन्छ । उहाँले पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म १५ अन्तराष्ट्रिय स्पर्धामा विजयी हुनुभएको जनाइएको छ

उहाँ नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आउनुभएको छ । उहाँ पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुट्नुभएको छ । बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गर्नुभएको थियो । उपाधि हासिल गरेपछि अविरलले भन्नुभयो, “अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो ।”

तपाईको प्रतिक्रिया