प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा चारदिने बङ्गलादेश भ्रमणमा निस्कनुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बङ्गलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण गर्नाका साथै उच्चस्तरीय भेटघाट गर्नुहुनेछ ।

उहाँ आगामी माघ १ गते स्वदेश फिर्ता हुनुहुनेछ । सैनिक नेतृत्वबाट हुने यस खाले भ्रमणबाट दुवै देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । महारथी थापा भ्रमणमा रहुञ्जेल बलाधिकृतरथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सेनाले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया