औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

यस्तै आजको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७६’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायतमन्त्री वसन्तकुमार नेम्वाङले उक्त प्रतिवेदन पेश गर्नुभएको थियो । (रासस)

तपाईको प्रतिक्रिया