‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार

  पुष १८, २०७६

नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ ।

उनै, सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’मा देखिदैछिन् । यो चलचित्रको हालैमात्र एक तस्वीर सार्वजनिक भएको छ । जहाँ, बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन् ।

डेभिड धवनले निर्देशन गरेको यो चलचित्र नायक गोविन्दा र करिश्मा कपुर अभिनित चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक हो । यो चलचित्र मे १ मा रिलिज हुँदैछ ।

सारा र वरुण दुबै अहिले छुट्टी मनाइरहेका छन् । सारा आफ्नी आमाको साथमा छुट्टी मनाउन पुगेकी छिन् भने बरुण प्रेमिका नताशाको साथमा नयाँ बर्ष मनाउन भारत बाहिर छन् । यी दुइले नयाँ बर्षको बिदा मनाएर फर्किएपछि चलचित्रको प्रमोशन सुरु गर्नेछन् । onlinekhabar

तपाईको प्रतिक्रिया