बेरुजु फछ्र्याेटमा नेपाल प्रहरी उत्कृष्ट

  पुष १७, २०७६

काठमाडौं १७ पुस (रासस) : नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।

आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ । गृहमन्त्रालयले आज नेपाल प्रहरीसहित मातहतका निकायका नेतृत्वलाई बेरुजु फछ्र्योटमा उत्कृष्ट काम गरेकामा नगदसहित सम्मानसमेत गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकामा नगद रु १० हजार पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मन्त्रीस्तरीय निर्णयानुसार यसरी पुरस्कार प्रदान गरिएको हो । यस्तै गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललगायतलाई पनि पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष पनि नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया