अफगानिस्तानमा सात सुरक्षाकर्मीसहित १८ मारिए

  पुष १६, २०७६

तालुक्वान, १६ पुस (रासस/सिन्ह्वा) : अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सात जना सुरक्षाकर्मी रहेका छन् । देशको उत्तरी तखार प्रान्तमा पर्ने डाराक्वाद जिल्लामा बुधबार घटना भएको हो ।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खालिल असिरले दिएको जानकारीअनुसार तालिवान लडाकूले क्वारा तेपास्थीत सुरक्षा चौकीमा आक्रमण गरेका थिए । बिहानैबाट लडाकूले आक्रमण गर्दा झण्डै दुई घण्टासम्मको सो भिडन्तमा १८ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

मृत्यु हुनेमा प्रहरी र सैनिक गरी सात र लडाकू ११ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । भिडन्तमा परी अरु सात जना घाइते भएका छन् । घटनाबारे अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन ।

तपाईको प्रतिक्रिया