समाजवादी क्रान्तिको लक्ष्य समाजवाद : पूर्वप्रम खनाल

  पुष १२, २०७६

काठमाडौँ, १२ पुस : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए ।

‘अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो’, पूर्वमन्त्री खनालले भने । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पूँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताए ं। ‘राष्ट्रिय पूँजीको विकास भनेको यस्तो पूँजी हो जसले रोजगारी सिर्जना गर्छ’, मन्त्री भुसालले भने ।

माक्र्सवादी चिन्तक गोपीरमण उपाध्यायले श्रमको मालिक श्रमिक आफैँ हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य प्रेमकुमार खनालको ‘अबको श्रम आन्दोलन र श्रम क्रान्ति’ नामक पुस्तक लोकार्पण भएको थियो । उक्त पुस्तक आठ खण्डमा विभाजित रहेको छ ।

तपाईको प्रतिक्रिया