निजगढ विमानस्थल किन ?

  पुष ०८, २०७६

सञ्जीव गाैतम

हवाई यातायात सबैभन्दा सुरक्षित/भरपर्दो यातायातका रूपमा स्थापित छ। सन् २०१८ मा विश्वमा नियमित उडानबाट आवतजावत गर्ने मानिसको संख्या ४ अर्ब३० करोड थियो। सन् १९७० पछिको हवाईयात्रु आवागमनको तथ्यांक अध्ययन गदर्। प्रत्येक १५ वर्षमा हवाईयात्रुको संख्या दोब्बर भएको देखिन्छ। यसआधारमा अर्को १५ वर्षमा हवाई यातायातका साधन प्रयोग गर्ने मानिसको संख्या संसारको कूल जनसंख्याभन्दा बढी हुने देखिन्छ।

यसैलाई सम्बोधन गर्न विभिन्न मुलुकविद्यमान विमानस्थलको क्षमता विस्तार तथा नयाँ निर्माणमा जोडतोडले लागेका छन्। हालै मात्र विश्वका दुई ठूला विमानस्थल– टर्कीको इस्तानबुल अन्तर्राष्ट्रिय विमानस्थल र चीनको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनसमेत भइसकेका छन्। हवाई यातायातको यो वृद्धिबाटनेपाल पनि अछुतो नरहेको कुरा त्रिभुवन विमानस्थलमा बढ्दो हवाई ट्राफिकका कारण वायुयान उडान तथा अवतरणका लागि घण्टौं जमिनमा कुर्नुपर्ने र आकाशमा घुम्नुपर्ने अवस्थाले पुुष्टि गर्छ।

बढ्दो हवाई ट्राफिक र उडान सुरक्षा

नेपालमा हाल एउटामात्र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा छ भने दुईवटा विमानस्थल निर्माणाधीन अवस्थामा छन्। लामो समयदेखि विभिन्न आवधिक योजनामा राखिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाअझै अगाडि बढ्न सकेको छैन। नेपालका हवाईयात्रु आवागमनको कूल संख्या सन् २०१८ मा १ करोड २ लाख छ भने तीमध्ये त्रिभुवन विमानस्थलले करिब७२ लाख यात्रुलाई सेवा दिएको पाइन्छ। त्रिभुवन विमानस्थलमाबितेका १० वर्षको हवाईयात्रुको वार्षिक वृद्धि हेर्ने हो भने यो ९ प्रतिशत हाराहारी हो। यो दर कायम रहने हो भने सन् २०२२ सम्म त्रिभुवन विमानस्थलबाट आवतजावत गर्ने यात्रुको संख्याले करोडनाघ्नेछ, जुनयो विमानस्थलको क्षमताले धान्न सक्दैन।

निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थनका वार्षिक क्षमता २० लाख यात्रुभन्दा बढी नरहेको हुँदा पूर्वाधार र भौगोलिक अवस्था नियाल्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता र औचित्यमा प्रश्न उठाउने ठाउँ देखिँदैन।नेपालको सन् २०१८ को १ करोड २ लाख हवाईयात्रु र ९ प्रतिशतको वार्षिक वृद्धि दरलाई आधार मान्दा सन् २०२२  सम्म नेपालमा हवाईयात्रुको संख्या १ करोड ४९ लाख पुग्ने देखिन्छ।

विमानस्थल निर्माण अत्यन्त संवेदनशील विषय हो। यो निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न भौगोलिक बनावट, वायुक्षेत्रको उपलब्धता, हवाईयात्रुको माग, पूर्वाधार विकास, आर्थिक गतिविधिलगायत विभिन्न पक्षको गहन अध्ययन आवश्यक पर्छ। काठमाडौं उपत्यकाको बढ्दो सहरीकरण र भौगोलिक बनावटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा बाधा पु¥याएको छ भने उडान–अवतरणका लागि अत्याधुनिक प्रविधि प्रयोगमा समेत सीमा लागेको छ। त्रिभुवन विमानस्थलमा अवतरणकाक्रममा सन् १९९० को दशकमा भएका दुई ठूला दुर्घटनालाई समेत विचार गर्दातराई क्षेत्रको उपयुक्त स्थानमा अर्को विमानस्थल खाँचो महसुस भई सन् १९९५ मा सम्भावना अध्ययन गरिएको थियो। त्यो अध्ययन प्रतिवेदनका आधारमा निजगढ क्षेत्र सबैभन्दा उपयुक्त स्थानका रूपमा छनोट भई सन् १९९७मा लागत अनुमानसहितअध्ययनगरिएको थियो। बीचमा आन्तरिक द्वन्द्वका कारण राज्यको ध्यान अन्यत्रै केन्द्रित भएकाले सन् २००७ मा मात्र निजगढ क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने औपचारिक निर्णय हुन सक्यो।

सन् २०११ मा निजगढ विमानस्थलको विस्तृत अध्ययन सम्पन्न भई विमानस्थलको क्षेत्र निर्धारण एवं वातावरणीय प्रभाव मूल्यांकनसमेत  गरी विमानस्थल निर्माणका प्रारम्भिक काम अधिकांश पूरा भइसकेका छन्। यो अवस्थामा अहिले आएर निजगढको विकल्पका रूपमा मूर्तिया (सर्लाही), भट्टेडाँडा (ललितपुर) आदिका पक्षमा नानाथरी तर्क पेसगरिएको पाइन्छ।तर ती स्थानलाई कुनै अध्ययन विश्लेषण गरेर नभई केवल मनोगत परिकल्पनामा विकल्पकारूपमा प्रस्तुत गरेको पाइन्छ,जसले जनमानसमा भ्रामक सूचना सम्प्रेषण गरेको छ।

वातावरणको विषय

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्थान छनोट भएको लामो समयसम्म वातावरण बहस सशक्त रूपमा सतहमा आएको देखिँदैन। नेपाल सरकारले विमानस्थल निर्माण अगाडि बढाइसकेपछि वातावरणविनाश हुने भन्दै विमानस्थलको विरोधमा विभिन्न तर्कअगाडि सारिएका छन्। विमानस्थल निर्माण हुनुभन्दा अगाडि वातावरणीय प्रभाव मूल्यांकन गरी वातावरणमा पर्ने असर र त्यसलाई  न्यूनीकरण र समाधान गर्ने कार्ययोजना बनाई कार्यान्वयन गरिन्छ। निजगढमा पनि वातावरणीय प्रभाव मूल्यांकन र त्यसबाट हुने सक्ने वातावरणीय क्षति  न्यूनीकरण गर्ने गरी कार्ययोजना तथा सिफारिस सम्बन्धित निकायबाट स्वीकृत भइसकेको छ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (इकाओ) का उद्देश्यमध्ये वातावरण संरक्षण पनि एउटा प्रमुख उद्देश्य हो। इकाओले मूलभूत रूपमा वायुयानबाट हुने ध्वनि प्रदूषण तथा वायुमण्डलमा हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्य राखेको छ। यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन  कार्यक्रम लागूभई विकासशील देशलाई सन्२०३५ सम्म त्यसमा प्रवेश नगर्ने छुट प्रदान गरी ती देशको नागरिक उडड्यन क्षेत्रको विकासमा प्रोत्साहन गरेको छ। अन्तर्राष्ट्रिय उडानमा लागू हुन यो कार्यक्रममा छुट पाएतापनि नेपालले आफ्नो कार्ययोजना अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनमा पेस गरिसकेको छ। विमानस्थल र वनजंगलका विषयमा विभिन्न दस्तावेज र अन्य देशका उदाहरण प्रस्तुत गर्ने वातावरणविज्ञहरू काठमाडौं विमानस्थलको मौजुदा हवाई ट्राफिकका कारण विमानले आकाशमै घण्टौं फन्को लगाउनुपर्दा वातावरणमा पर्न सक्ने असरप्रति भने चिन्तित पाइँदैैन।

नेपाल सरकारले निजगढ  क्षेत्रमा विमानस्थल निर्माण हुने स्थान तयार पार्नत्यहाँको जंगल व्यवस्थापन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्षर भई बजेट विनियोजन भएकोसाढे २वर्ष पुग्दासमेत जंगलकटानी प्रारम्भ नभइसकेकाले सरकारको उद्देश्य जंगल फँडानी मात्र हो भन्ने तर्क जायज हुन सक्दैन।करिब २ हजार हेक्टरमाविमानस्थल,निर्माण  हुने र बाँकी ६ हजार हेक्टर विमानस्थलको संरक्षित क्षेत्रका रूपमा रहने भनेर सरकारले बारम्बार भनिरहँदा पनि एकोहोरो ८ हजार हेक्टरको २४ लाख रूख काट्न थालेको प्रचार गरिरहनु आयोजनाविरुद्ध नकारात्मक प्रभाव पार्न खोजेको बुझिन्छ।

विकासले वातावरण विनाश गर्न हुँदैन भन्ने दिगो विकासका प्रमुख उद्देश्य भएका सन्दर्भमा नेपालको कूल जंगलको ०.०३ प्रतिशत वन फँडानीलेवातावरण विज्ञले भनेजस्तो तराई मरुभूमीकरणहुन्छ, ५ सय प्रजातिका चराका वासस्थान नास भई चराचुरुंगी नेपालबाट लोप हुन्छन् वा ठूलो संख्यामा वन्यजन्तु मासिने अवस्था आउँछ भने विमानस्थलनिर्माणबारेगहन बहस हुन आवश्यक छ। तर वातावरणीय क्षति न्यूनीकरण गर्ने कार्ययोजनाबमोजिम चालिने कदमबारे चर्चासमेत नगरी निरन्तर विनाशको हल्ला मात्र गर्नु कतै विकासको बाधक बन्न खोजिएको त होइन भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणबारेबहसमा बारम्बार चर्चामा आउने श्रीलंकाको मताला विमानस्थल हो, जसलाई हाल संसारको सबभन्दा सुनसान विमास्थलकारूपमा लिइन्छ। तर त्यो विमानस्थल सञ्चालन हुन नसक्नाको तथ्यपरक कुरालाईबंग्याएर जंगली जनावरका कारण नचलेको भनीहास्यास्पद तर्क गरिरहँदा करिब ७ हजार ५ सय हेक्टरमध्ये ७ हजार हेक्टर जंगल व्यवस्थापन गरी निर्माण भएको इस्तानबुल विमानस्थलबारेभने कहीं–कतै चर्चा गरेको पाइँदैन।वनजंगल व्यवस्थापन गरी निर्माण भएका विमानस्थलमा युरोप र अमेरिकाबाट विमान अवतरणसमेत गर्दैनन्भन्ने अर्काथरी प्रचार गर्नेहरूले नयाँ इस्तानबुल विमानस्थल युरोपको पाँचौ व्यस्त विमानस्थल हो भन्ने हेक्का राखेकोदेखिएन।

निष्कर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमा र राष्ट्रिय आवश्यकता मध्यनजर गर्दा विमानस्थलनिर्माण धेरै ढिला भइसकेको छ। नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि निजगढ क्षेत्रमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको आर्थिक उन्नतिमा दीर्घकालीन रूपमै महŒवपूर्ण योगदान पुर्याउन सक्छ। जसरी वातावरण संरक्षण हामी र भावी पुस्ताका लागि जरुरी छ, त्यसैगरी विकास पनि हाम्रो र भावी पुस्ताको समृद्धिका लागि अपरिहार्य छ। देश र जनतालाई समृद्धि दिन सकिएन भने त्यसको प्रत्यक्ष असर वनजंगल तथा वातावरणमै पर्नसक्ने र त्यसबाट भयावह परिणाम आउन सक्छ। तसर्थ वातावरणविद्हरूले उठान गरेका विषयलाई समेत गम्भीरतापूर्वक लिई वातावरणमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्दै निजगढ विमानस्थलनिर्माण अविलम्ब अगाडि बढाइनु आवश्यक छ। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक

( नागरिक दैनिकको नागिरक न्युज अनलाइनबाट शाभार गरिएको )

तपाईको प्रतिक्रिया