ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

  मंसिर ३०, २०७६

डिसी, ३० मंसिर : नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।

स्वयंसेवकको जिम्मवारी निर्वाह गर्ने समाजसेवी तथा प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्ष प्रभु थापाको नेतृत्वमा विरोध जुलुस भारतीय दूतावास अगाडिसम्म जुलुस पुगेर बिसर्जन गरिएको थियो ।

विरोध जुलुस कार्यक्रम अगाडि नेपाली समुदायबीच दर्जनौं पटक बैठक तथा छलफल आयोजना गरिएको थियो । प्रदर्शनको एक दिन अगाडि पनि बाल्टिमोरको बाना सामुदायिक भवनमा बिज्ञहरुको बैठक आयोजना गरिएको थियो ।

त्यसपछि ‘डिसी विरोध जुलुस प्रदर्शन’ नामक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डिसी क्षेत्रसहित अमेरिकाका विभिन्न राज्यहरुका संघ-संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया