घामका भरमा सञ्चार

  मंसिर ३०, २०७६

दार्चुला, ३० मंसिर : शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो । जिल्लाको मुख्य रिपिटर टावर मै विद्युत् सेवा नहुँदा वर्षा र हिमपात हुने वित्तिकै जिल्लाको सञ्चार अवरुद्ध हुने गरेको छ ।

जिल्लाभरी दर्जनबढी नेपाल टेलिकमका टावरहरू सञ्चालनमा छन्, तर मुख्य रिपिटर टावरमै अवरुद्ध भएपछि सदरमुकाम खलङ्गा बेलाबेलामा सञ्चारविहीन हुने गरेको छ । मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरीको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।   टावर सौर्य प्रणालीमार्फत चल्दै आएको छ । हिउँले पूरै सोलार सिस्टम ढाक्ने बित्तिकै जिल्लामा सञ्चार अवरुद्ध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत पु¥याएपछि ट्रान्सफर्मर नहुँदा सुचारु हुन सकेको छैन । ट्रान्सर्फमर ढुवानीका लागि बजेट व्यवस्थापन हुन नसक्दा समस्या भएको टेलिकम प्रमुख गुरुङले जानकारी दिए । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ’, गुरुङ भन्छन् ।

नेपाल टेलिकमको कार्यालय रहेको सदरमुकाम खलङ्गामा विद्युतीकरणसहितको टेलिकम टावर छ । मुख्य रिपिटर टावरमा विद्युतीकरण नभएपछि खलङ्गामा रहेको टेलिकमको काम हँदैन् । यस्तै महकाली नगरपालिका¬–४ बङ्गाबगडमा नमस्ते फोन टावरमा विद्युतीकरण छ । महाकाली नगरपालिका वडा नम्बर १ छापरी, वडा नम्बर २ झुस्कु, वडा नम्बर ७ धाप र वडा नम्बर ९ दत्तु उलानी टावरमा विद्युतीकरण गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, शैल्यशिखर¬–१ बलाँच, र मालिकार्जुन गाउँपालिकाको कुचाकोट टावरमा विद्युतीकरण पु¥याइएको छ ।

योबाहेक शैल्यशिखर४ रानीशिखर, वडा नम्बर ६ बगोरा, नौगाड गाउँपालिका३ खार, वडा नम्बर ४ सिप्टी, अपी हिमाल गाउँपालिका४ खण्डेश्वरी, व्यास६ कैचुला, वडा नम्बर १ छङ्गरु, मालिकार्जुनको कनौडा, वडा नम्बर ४ ऐरीछाना र मुख्य रिपिटर टावर बालशिखरका टावरहरू सोलारमार्फत सञ्चालन हुँदै आएका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिका८ शङ्करपुर मार्मा गाउँपालिका४ तपोवन र व्यास२ दाम्दाकोट राप्ला, नौगाड४ सिप्टीलगायतका टावरमा नमस्ते फोन सेवा सञ्चालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया