लागुऔषधसहित दुई पक्राउ

  मंसिर ३०, २०७६

रामपुर, ३० मंसिर : पाल्पाको झुम्सामा लागुऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिका३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय विशाल नेपाली र सोही मोटरसाइकलमा सवार कास्कीको मादी गाउँपालिका९ वस्ने ३१ वर्षीय किरण गुरुङको शरीरमा खानतलासी गर्दा ६८ डाइजेपाम, ६८ नुफिन, ६८ फेनेरागन दुई एम एल को सिसी, नगद १५ हजार र नेपालीका साथबाट ग१८प ८९ नंको मोटरसाइकलको सवारी दर्ता किताब तथा एक हजार एक सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाली र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । दोभान प्रहरी चौकीका प्रमुख बलबहादुर घर्तीको नेतृत्वमा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया