झारखण्डको पन्ध्र निर्वाचन क्षेत्रमा आज निर्वाचन

  मंसिर ३०, २०७६

राँची, ३० मंसिर : भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार झारखण्ड प्रान्तअन्तर्गत पर्ने देओघार, गिरीडीघ, बोकारो र धनवाद जिल्लामा मतदान भइरहेको छ । ती जिल्लाका मधुपुर, देओघार, बागोडार, जमुना, गाण्डेय, गिरिडिह, डुम्री, बोकारो, चन्डान्कीयारी, सिन्द्री, निर्सा, धनवाद, झरिया, तुन्डी र बाघमारा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको आयोगले जनाएको छ ।

यसअघि झारखण्डमा तेस्रो चरणको निर्वाचन गत डिसेम्बर १२ तारिख भएको थियो । उक्त समयमा आठ जिल्लाका १७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्मन्न भएको थियो । त्यसैगरी दोस्रो चरणको निर्वाचन गत ७ मा भएको थियो । पहिलो चरणको निर्वाचन नोभेम्बर ३० तारिखका दिन भएको थियो । पाँचौँ तथा अन्तिम चरणको निर्वाचन यही डिसेम्बर २० तारिखका दिनमा हुने निर्वाचन आयोगले घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया