अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान

  मंसिर ३०, २०७६

इजिप्ट, ३० मंसिर : संयुक्त राष्ट्रसङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठनले अफ्रिकी देशहरूको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरू गर्न नसकेमा भोकमरीलाई शून्यमा झार्ने दिगो विकास लक्ष्य पूरा गर्न गाह्रो हुने पनि सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

सङ्गठनका महानिर्देशक क्यु डोङ्युले भने, ‘सन् २०३० सम्ममा पूरा गर्नुपर्ने लक्ष्य पूरा गर्नका लागि हामीसँग अब दश वर्षमात्रै बाँकी छ, यही तरिकाले हामीले लक्ष्य पूरा गर्नसक्दैनौँ ।

मानवीय शक्ति र प्राकृतिक स्रोत साधनका हिसाबले अफ्रिका हाम्रो भविष्य हो, एशिया भन्दा यो धेरै सामर्थ र सम्भावना भएको क्षेत्र हो,’ उनले भने । अफ्रिकी देशहरूमा भोकमरी बढ्दै गएमा पूर्वी देशहरूलाई घातक हुने र चुनौती थपिने गम्भीर चेतावनी पनि उनले दिए । विश्वका दुई अर्ब मानिस खाद्य असुरक्षाको जोखिममा रहेका र तीमध्ये अफ्रिकामा मात्रै ६० करोड ७६ लाख मानिस भोकमरी र कुपोषणको खतरामा रहेका राष्ट्रसङ्घीय निकायहरूले गत जुलाईमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया