हत्या आरोपमा तीन पक्राउ

  मंसिर २९, २०७६

धादिङ, २९ मंसिर : श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सो गाउँपालिका३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो ।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया