बँदेल आक्रमणबाट मृत्यु

  मंसिर २९, २०७६

सप्तरी, २९ मंसिर : सप्तरीको कञ्चनरुपा नगरपालिका६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो ।

उनकोउपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।

तपाईको प्रतिक्रिया