समाचार
युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ
पेरिस, २६ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । “मलाई लाग्छ हामीले रूससँगको युक्रेनको…
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने
वासिङ्टन, २६ मङ्सिर (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको…
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
सोल, २६ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेका बेला प्रहरीले बुधबार उहाँको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका…
नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित
काठमाडौँ, २६ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा…
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।…
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ, २६ मङ्सिर : काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको…
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
गलकोट (बागलुङ) २६ मङ्सिर : यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको…
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २६ मङ्सिर : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन…
सुडानको बजारमा हवाई आक्रमण, १०० भन्दा बढीको मृत्यु
पोर्ट सुडान (सुडान), २५ मङ्सिर (रासस/एएफपी) : उत्तरी डार्फरको बजारमा सुडानी सेनाको हवाई आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको मङ्गलबार लोकतन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । इमर्जेन्सी लयर्सले सोमबार…
युक्रेन शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने पोल्यान्डका प्रधानमन्त्रीको भनाइ
वार्सा, २५ मङ्सिर (रासस/एएफपी) : पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताउनुभएको छ । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहनुभएका…






